घरजग्गाका लागि पहिलो रोजाइमा पर्दै तराई, यी हुन् धेरै किनबेच भएका २० ठाउँ

काठमाडौँ । पछिल्लो समय घरजग्गा किनबेचका लागि तराईका जिल्लाहरू पहिलो रोजाइमा पर्न थालेका छन् । विगतमा काठमाडौं उपत्यकामा मौलाएको घरजग्गा कारोबार पछिल्ला केही वर्षयता वर्षहरूमा तराईतिर फस्टाउँदै गएको हो ।

मुख्यगरी नेपाल संघीय राज्य प्रणालीमा गएसँगै उपत्यका बाहिर घरजग्गा कारोबार फस्टाउँदै गएको देखिन्छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार अहिले काठमाडौं उपत्यकाभन्दा तराईका जिल्लाहरूमा धेरै घरजग्गा किनबेच हुन् थालेको छ ।

नयाँ सहर तथा प्रदेश राजधानीको रुपमा विकास भइरहेका तराईका क्षेत्रहरू मानिसको आकर्षण बढ्दो छ । विभागको तथ्यांक अनुसार मुख्यगरी तराईका ‘इमर्जिङ सिटी’हरूमा घरजग्ग कारोबार मौलाएको छ । तराईका झापा, सुनसरी, मोरङ, बाँके, चितवन, धनुषा, जनकपुर, बर्दिबास, धनगढी, वीरगञ्ज, नेपालगञ्ज लगायत स्थानमा घरजग्गाको किनबेच तीव्र गतिमा बढेको छ ।

चालु वर्षको फागुनमा ५० हजार ९९८ वटा घरजग्गा किनबेच हुँदा ६० प्रतिशतभन्दा धेरै घरजग्गा तराईका जिल्लाहरूमै किनबेच भएको छ ।

काठमाडौं उपत्यकामा घरजग्गाको भाउ अचाक्ली महँगिएको र खोजे अनुसारका जग्गा पनि नपाउने अवस्था भएपछि तराईका जिल्लाहरूमा कारोबार बढ्न थालेको व्यवसायीहरू बताउँछन् ।

यस्तै, देश संघीय प्रणालीमा गएपछि काठमाडौंमा पाइने सुविधा प्रदेश राजधानीहरूमा पाउन थालेपछि मानिसहरू उपत्यकाबाहिर पनि आकर्षित हुन थालेका हुन् । साथै, काठमाडौं बाहिर पनि ठूला सडक पूर्वाधारसँगै राम्रो स्वास्थ्य, शिक्षा, खानेपानी लगायत सुविधा पुगेको छ ।

तराईका जिल्लाहरूमा बढ्दो औद्योगीकरणसँगै रोजगारीको अवसर बढ्न थालेका छन् । यसले पनि आम मानिसलाई आकर्षित गरेको छ ।

यी ठाउँमा भयो धेरै किनबेच

फागुनमा धेरै कारोबार भएका शीर्ष २० स्थानमध्ये १८ वटा तराईका ठाउँहरू रहेका छन् । यस महिना झन्डै ५१ हजार घरजग्गा किनबेच हुँदा तराईका १८ वटा मालपोत कार्यालयबाट मात्रै २२ हजार बढी  लिखत पारित भएका छन् ।

फागुनमा महिना मालपोत कार्यालयब इनरुवाबाट सबैभन्दा धरै २ हजार ६ वटा लिखत पारित भएको छ । त्यस्तै, मालपोत कार्यालय जनकपुरधामबाट १ हजार ९९७, भद्रपुरबाट १ हजार ८५०, बेलबारीबाट १ हजार ६४३, राजविराजबाट १ हजार ३६५, जलेश्वरबाट १ हजार २८४, मलंगवाबाट १ हजार ११४, सिराहाबाट १ हजार ८६ र तौलीहवाबाट १ हजार ३५ वटा घरजग्गा किनबेच भएका छन् ।

त्यसैगरी मालपोत कार्यालय विराटनगरबाट १ हजार ७, पर्साबाट ९७३, नेपालगञ्जबाट ९५०, दकमबाट ९४९, सिराहबाट ९२५, कलैयाबाट ९२४, चितवन ९१७, रुपन्देहीबाट ८९२, घोराहीबाट ८७१ वटा लिखत पारित भएका छन् ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सबैभन्दा धेरै ९७१ वटा घरजग्गा किनबेच भएका छन् । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ९३१, कलंकीबट ७०७, चाबहिलबाट ४५१, साँखुबाट ४०२, मनमैजुबाट ३१५, डिल्लीबजारबाट २११, टोखाबाट १९१ लिखत पारित भएको विभागको तथ्यांक छ ।

नेप्सेमा झिनो अंकको कमब्याक, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो अंकको कमब्याक, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

मेलम्चीको पानी बाह्रै महिना ल्याउन 'हेडवर्क्स' सारिँदै, अध्ययन सुरू Read Next

मेलम्चीको पानी बाह्रै महिना ल्याउन 'हेडवर्क्स' सारिँदै, अध्ययन सुरू