सेयरधनीको खातामा आयो सर्वोत्तम सिमेन्टको आइपीओ, कहिलेदेखि हुन्छ कारोबार ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ ।

गत फागुन २५ गते आइपीओ बाँडफाँट गरेको कम्पनीले एक सातामै सेयर डिम्याट खातामा पठाएको हो । कम्पनीको सेयर ‘SARBTM ’ संकेत चिह्नमा डिम्याटमा आएको हो ।

सेयर डिम्याट खातामा पठाएसँगै नेप्सेमा सूचीकरण प्रक्रिया अघि बढाइएको कम्पनीले जनाएको छ । नेप्सेमा सूचीकृत भएको भोलिपल्टदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ ।

कम्पनीले फागुन १३ देखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट सर्वसाधरणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा गोलाप्रथाबाट ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर पाएका थिए भने भाग्मानी २६ जनाले थप १/१ कित्ता सेयर पाएका थिए ।

अख्तियारद्धार वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर Read Previous

अख्तियारद्धार वन अधिकृतसहित २४ जनाविरुद्ध मुद्दा दायर

आगामी बजेटमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुन्छन् : अर्थमन्त्री पुन Read Next

आगामी बजेटमा आवश्यकता र औचित्य पुष्टि हुनेगरी राजस्वका दर हेरफेर हुन्छन् : अर्थमन्त्री पुन