डिप्रोक्स लघुवित्तले लाभांश प्रयोजनका लागि तोक्यो बुकक्लोज

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले चैत २५ गते २२ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको पार्क सफारी रिसोर्ट सौराहा, चितवनमा बिहान १० बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि चैत १५ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

लघुवित्तका समस्या अध्ययन गर्न कार्यदल गठन, ६० दिन भित्र प्रतिवेदन बुझाउने Read Previous

लघुवित्तका समस्या अध्ययन गर्न कार्यदल गठन, ६० दिन भित्र प्रतिवेदन बुझाउने

मोरङको कोशी चिउरा मिलमा आगलागी, डेढ करोडको क्षति Read Next

मोरङको कोशी चिउरा मिलमा आगलागी, डेढ करोडको क्षति