चुक्ता पूँजी पुर्‍याउन सानिमा जीआइसी इन्स्योरेन्सले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । सानिमा जीआइसी इन्स्योरेन्सले चुक्ता पूँजी पुर्याउन हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रद सेयर प्रस्ताव पारित गर्न कम्पनीले चैत २९ गते छैठौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको सभा अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

कम्पनीले सभामा हकप्रदसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि लैजाने भएको छ ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते बुकक्लोज तोकेको छ । सो अनुसार चैत १४ गतेसम्म कायम सेयरधनीले कम्पनीको साधारण सभामा भाग लिन पाउने छन् ।

हाल २ अर्ब चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ५० करोड रुपैयाँ पुग्नेछ ।

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने Read Previous

माछापुच्छ्रे बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने

तनहुँबाट हुने 'लाइसेन्स'को लिखित र ट्रायल बन्द Read Next

तनहुँबाट हुने 'लाइसेन्स'को लिखित र ट्रायल बन्द