नेप्सेमा दोहोरो अंकको गिरावट, तामाकोशीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । करेक्शन आएको छ । बजार खुलेदेखि ओरालो लागेको नेप्से अन्तइमा २७ अंकले घटेर बन्द भएको हो ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम २७ करोडले घटेर ३ अर्ब ९४ करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक २७.८४ अंकले घटेर २०८०.८७ बिन्दुमा आइपुगेको छ । यसदिन ३०३ कम्पनीको १ करोड १४ लाख ८३ हजार ६१७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहहको परिसूचक घटेको छ । जीवन बीमा समूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशतले घटेकोे छ ।

आज लगानीकर्ता अपर तामाकोशीको सेयरमा झुम्मिएका छन् । यसको ५० करोड बढीको २७ लाख ६८ हजार कित्ता सेयर किनबेच भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विन नेपाल र मानुषी लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

आज स्वाभिमान लघुवित्तका सेयरधनीले सर्वाधिक ६.०२ प्रतिशत गुमाएका छन् ।

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस Read Previous

सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

पाथीभरामा केबलकार निर्माणमा विवाद, सहजीकरण गर्न निजी क्षेत्रको माग Read Next

पाथीभरामा केबलकार निर्माणमा विवाद, सहजीकरण गर्न निजी क्षेत्रको माग