नेप्सेमा झिनो करेक्शन, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । गत बुधबारदेखि लगातार १०३ अंकले बढेपछि नेप्सेमा आज झिनो अंकको गिरावट आएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा आज कारोबार रकम ३१ करोडले घटेर ४ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ बिन्दुमा आइपुगेको छ । यसदिन ३१० कम्पनीको १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ समूहको घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक २.३२ प्रतिशतले बढेको छ ।

आज पनि सिमेन्ट कम्पनीहरुको सेयर धेर किनबेच भएको छ । शिवम् सिमेन्टको सर्वाधिक साढे २५ करोड र सोनापुरको २० करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा विन नेपाल लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशतले बढेको छ ।

आज अपर तामाकोशीका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा Read Previous

अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि बाइडन र ट्रम्प भिड्ने पक्का, यस्ता छन् चुनावी एजेन्डा

गण्डकीमा ८५ पक्की पुल निर्माण, ५३ निर्माणाधीन Read Next

गण्डकीमा ८५ पक्की पुल निर्माण, ५३ निर्माणाधीन