दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज (मंसिर २२ गते)अन्तिम दिन रहेको छ । लक्ष्मी बैंक र सिभिल बैंकले साधारण सभाको लागि मंसिर २३ गतेदेखि बुक क्लोज गर्ने भएका छन्।तसर्थ आजसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउन तथा साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

 

यी दुवै बैंकले पुस ६ गते वार्षिक साधरण सभा बोलाएका छन् । लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश पारित गराउन पुस ६ गते बैंकको १९ औं वार्षिक साधारण सभा आह्वान गरेको छ।

 

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको सहित ५ प्रतिशत नगद लाभांश गरि कूल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।

 

यस्तै, सिभिल बैंकले गतवर्षको नाफाबाट ६.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजाने भएको छ । बैंकको साधारण सभा अमृतभोग, कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे सुरु हुनेछ।

 

सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ती गर्ने सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पारित गर्नेछ।

माथिल्लो भोटेकोशीबाट परीक्षण प्रसारण शुरु Read Previous

माथिल्लो भोटेकोशीबाट परीक्षण प्रसारण शुरु

उर्जा मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ७ आयोजनाको प्रगति सन्तोषजनक Read Next

उर्जा मन्त्रालय मातहतका राष्ट्रिय गौरवका ७ आयोजनाको प्रगति सन्तोषजनक