९ महिनापछि पुन संचालनमा आयो काबेली बी-१ क्यासकेड आयोजना

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सञ्चालन गरेको ९.९४ मेगावाटको काबेली बी-१ क्यासकेड आयोजना पुनः सञ्चालनमा आएको छ ।

२०८० जेठ ३२ गते आएको बाढीका कारण बन्द भएको आयोजना ९ महिनापछि पुनः संचालनमा आएको हो ।

बाढीले आयोजनाको मुख्य संरचनामा क्षति पुगेको थियो । अहिले उक्त संरचना मर्मत सम्भारपछि फागुन २७ गतेदेखि पुनः बिजुली उत्पादन थालिएको कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप Read Previous

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन रास्वपाको ह्विप

विमान उडिरहँदा दुवै पाइलट २८ मिनेटसम्म निदाएपछि... Read Next

विमान उडिरहँदा दुवै पाइलट २८ मिनेटसम्म निदाएपछि...