सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज बिहान आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ५५ हजार ५२१ जना आवेदकले ५० कित्ताका दरले सेयर हात पारेका छन् भने भाग्मानी २६ जनाले थप १/१ कित्ता सेयर पाएक छन् । ९ लाख बढीको हात रित्तो भएको छ ।

कम्पनीले फागुन १३ देखि १६ गतेसम्म बुक बिल्डिङ विधिबाट सर्वसाधरणलाई २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । जसमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएका थिए । सोमध्ये १ हजार ३४२ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटको वेबसाइट र मेरोसेयर मार्फत पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ

अघि बढयो एमसीसीकाे १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइन निर्माण Read Previous

अघि बढयो एमसीसीकाे १८ किमी लामो सीमापार विद्युत् प्रसारण लाइन निर्माण

मुग्लिन-पोखरा सडकको सबैभन्दा लामो आर्क ब्रिज निर्माणले गति लिँदै, १२% काम सकियो Read Next

मुग्लिन-पोखरा सडकको सबैभन्दा लामो आर्क ब्रिज निर्माणले गति लिँदै, १२% काम सकियो