सिंगटी हाइड्रोको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २ गतेदेखि बिक्रीमा ल्याएको चुक्ता पूँजीको १०० प्रतिशत अर्थात् १स्१ अनुपातमा हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ अर्ब ४५ करोड रुपैयाँ बराबरको १ करोड ४५ लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

लगानीकर्ताले कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। त्यसैगरी, नेपाल धितोपत्र बोर्डबाट सी–ंआस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयर मार्फत अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीले हकप्रद सेयर निष्काशनका लागि पुस २२ गते बुकक्लोज गरेको थियो । सो अनुसार पुस १९ गतेसम्म कायम सेयरधनीले मात्र हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँदछ ।

हाल १ अर्ब ४५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको हकप्रद निष्काशनपछि २ अर्ब ९० करोड रुपैयाँ पुग्नेछ।

हकप्रदबाट प्राप्त रकममध्ये ६५ करोड रुपैयाँ ऋण भुक्तानी गर्ने र बाँकी अर्बिट इनर्जी प्रालि र ह्याबिटाट पावर कम्पनी प्रालिमा लगानी गर्ने कम्पनीले जनाएको छ ।

ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो दुई नयाँ शाखारहित बैंकिङ सेवा Read Previous

ग्लोबल आइएमई बैंकले संचालनमा ल्यायो दुई नयाँ शाखारहित बैंकिङ सेवा

नेपालगञ्जमा फस्टाउँदै होटल व्यवसाय, पाँचतारे होटल पौवा निर्माण सुरू  Read Next

नेपालगञ्जमा फस्टाउँदै होटल व्यवसाय, पाँचतारे होटल पौवा निर्माण सुरू