नेप्सेमा थप २ कम्पनीको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । सोमबार नेप्सेमा छिमेक लघुवित्त वित्तीय संस्था र युनिभर्सल पावरको बोनस सेयर सूचीकृत भएको छ ।

दुवै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार छिमेक लघुवित्तको ५ प्रतिशत अर्थात् १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

त्यस्तै, युनिभर्सलको ८.५५ प्रतिशत अर्थात् १७ लाख ९५ हजार ७९९.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, १० जडीबुटी प्रवर्द्धन गर्न सकिने Read Previous

चन्द्रागिरिमा जडीबुटीको स्रोत सर्वेक्षण, १० जडीबुटी प्रवर्द्धन गर्न सकिने

डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता Read Next

डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता