कहिले हुन्छ सर्वोत्तम सिमेन्टको आइपीओ बाँडफाँट ?

काठमाडौं । सर्वोत्तम सिमेन्टको प्राथमिक साधरण सेयर (आइपीओ) यसैसाता भित्र हुने भएको छ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले आज आइपीओको प्रिअलोटमेन्ट सम्पन्न गरेको छ । यससँगै बिहीबारसम्म आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओ ५ प्रतिशत आवेदकले मात्रै पाउने छन् । कम्पनीकाे आइपीओमा कुल १० लाख १२ हजार ३८४ जनाले ५ करोड ३६ लाख ३३ हजार ९९० जनाले आवेदन दिएका छन् ।यो मागभन्दा १९.३२ गुणा धेरै हो । उनीहरुले कुल १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको आवेदन दिएका हुन् ।

कम्पनीले सर्वसाधरणका लागि बुक बिल्डिङ विधिबाट प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो । कम्पनीको आइपीओमा अधिक आवेदन परेकाले करिब ९५ प्रतिशत आवेदकले सेयर नपाउने देखिएको छ ।

बुक बिल्डिङबाट जारी भएको आइपीओ कम्तीम ५० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । सो अनुसार कम्पनीको आइपीओ जम्मा ५५ हजार ५२१ जना (५.५ प्रतिशत)लाई मात्रै बाँड्न पुग्छ । साढे ९लाख बढी आवेदकको हात रित्तै हुने देखिएको छ ।

 

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, यस्तो छ प्रगति Read Previous

राष्ट्रिय गौरवका आयोजनाबारे प्रधानमन्त्रीलाई ब्रिफिङ, यस्तो छ प्रगति

१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक Read Next

१३ अर्बको ट्रेजरी बिल नवीकरण गर्दै राष्ट्र बैंक