नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट बिहीबार एकैदिन २९ अंकले घटेको नेप्से आज ११ अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० विन्दुमा आइपुगेको छ । यसदिन ३०९ कम्पनीको २ अर्ब ८ करोड रुपैयाँ बढीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये होटल र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सर्वाधिक २.१२ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १३ करोड २० लाख रुपैयाँ बढीको २ लाख ९२ हजार ३२६ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका सेयरधनीले सर्वाधिक ९.७० प्रतिशत कमाएका छन् भने चिरख्वा हाइड्रोपावरका सेयरधनीले ७.४९ प्रतिशत गुमाएका छन् ।

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै Read Previous

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र, यी ५ ठाउँमा पार्किङको व्यवस्था Read Next

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र, यी ५ ठाउँमा पार्किङको व्यवस्था