गुलजार बन्दै श्रीलंकाकाे पर्यटन, जनवरीमा ४ वर्ष यताकै धेरै आम्दानी

कोलम्बो । श्रीलङ्काको पर्यटन क्षेत्रले गत जनवरी महिनामा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी गरेको छ।

श्रीलङ्काको केन्द्रीय बैंकले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार जनवरीमा ४ वर्षयताकै सबैभन्दा उच्च मासिक आम्दानी भएको हो । केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले शुक्रबार जारी गरेको प्रतिवेदनमा जनवरी महिनामा मुलुकले पर्यटनबाट ३४२ मिलियन अमेरिकी डलर कमाएको जनाएको छ ।

उक्त आम्दानी सन् २०२० को जनवरीपछिको सबैभन्दा उच्च हो । आर्थिक मन्दीग्रस्त श्रीलङ्का पछिल्लो समयमा क्रमशः सुधारको दिशामा अगाडि बढेको छ भने पर्यटनका क्षेत्रमा पनि उल्लेख्य सुधार देखिएको छ ।

घर किन्न सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने Read Previous

घर किन्न सिटिजन्स बैंकले ९.९९ प्रतिशत ब्याजदरमा ऋण दिने

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै Read Next

सुदूरपश्चिमका ५ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गरिँदै