काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर जारी गर्न अनुमति पाएको छ ।
विद्युत् नियमन आयोगले कम्पनीलाई हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात १:०.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ३१ करोड ६३ लाख रुपैयाँ बराबरको ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।
अब नेपाल धितोपत्र बोर्डबाट अन्तिम स्वीकृति पाएपछि कम्पनीले हकप्रद सेयर बिक्रीमा ल्याउने छ ।