सरकारले चैत २१ गतेसम्म दुग्ध किसानको बक्यौता भुक्तानी गरिसक्ने

काठमाडौं । सरकार र केन्द्रीय दुग्ध सहकारी सङ्घ बीच ५ बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा शनिबार साँझ भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आगामी चैत २१ सम्म गरिसक्ने लगायतका पाँच बुँदे सहमति भएको हो ।

केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरका अनुसार उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति भएको हो ।

वार्तामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव डा रेवतीरमण पौडेल र केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरलगायतको सहभागिता रहेको थियो ।

दूधको भुक्तानी रोकिएको भन्दै सङ्घले यही फागुन ८ गतेदेखि चरणबद्ध आन्दोलन गरिरहेको थियो । अध्यक्ष कुँवरले सहमतिसँगै आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको जानकारी दिए ।

नेशनल लघुवित्तले एफपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति ? Read Previous

नेशनल लघुवित्तले एफपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति ?

कर्णालीको आर्थिक हैसियत बदल्ने जगदुल्ला जलविद्युत् आयोजना, ठेकेदार छनोट अन्तिम चरणम Read Next

कर्णालीको आर्थिक हैसियत बदल्ने जगदुल्ला जलविद्युत् आयोजना, ठेकेदार छनोट अन्तिम चरणम