काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बजार खुलेदेखि लगातार ओरालो लागेको नेप्से करिब २९ अंकले घटेर बन्द भएको हो ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५६ करोडले बढेर २ अर्ब ३५९करोड रुपैयाँ पुगेको छ ।
बिहीबार नेप्से परिसूचक २८.६८ अंकले घटेर १९७२.०९ विन्दुमा आइपुगेको छ । यसदिन ३०९ कम्पनीको ७४ लाख ४६ हजार ९९१ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सर्वाधिक ३.२१ प्रतिशतलेघटेको छ ।
आज पनि सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड १३ लाख रुपैयाँ बढीको २ लाख ४६ हजार ७२४ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
आज जोशी हाइड्रोपावरका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।