नेप्सेमा झिनो गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । अघिल्दा दुई दिनमा २२ अंकले बढेको नेप्से आज १ अंकभन्दा कमले घटेको हो ।

आज कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १७ करोडले बढेर २ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

बुधबार नेप्से परिसूचक ०.८७ अंकले घटेर २०००.७७ विन्दुमा आइपुगेको छ । यसदिन ३०८ कम्पनीको ५१ लाख १५ हजार ६५८ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ समूहको परिसूचक बढेको छ भने ७ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ५.५१ प्रतिशतले बढेको छ भने विकास बैंक १.११ प्रतिशतले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको १२ करोड ६९ लाख रुपैयाँ बढीको २ लाख ७७ हजार २२० कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, विशाल बजा कम्पनी र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज सामलिङ पावरका सेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन् ।

निर्माण थालेको १० वर्षपछि संचालनमा आयो ठिमुरा-देवघाट जोड्ने पुल Read Previous

निर्माण थालेको १० वर्षपछि संचालनमा आयो ठिमुरा-देवघाट जोड्ने पुल

विद्युत् प्राधिकरणको ६ महिनाको आम्दानी ६७ अर्ब, नाफा ४१ प्रतिशतले बढ्यो Read Next

विद्युत् प्राधिकरणको ६ महिनाको आम्दानी ६७ अर्ब, नाफा ४१ प्रतिशतले बढ्यो