काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सिप्ला सेक्युरिटिज (ब्रोकर नं. २०) लाई कारबाही गरेको छ ।
तोकिएको समय अवधिभित्र राफसाफ तथा फर्छ्यौट नगरेको भन्दै नेप्सेले सिप्लालाई कारबाही गरेको हो ।
सिप्लालाई ३ कार्यदिनका लागि निलम्बन गरिएको नेप्सेले सोमबार सूचनामार्फत जानकारी गराएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको पत्रका आधारमा उक्त ब्रोकरलाई निलम्बन गरिएको नेप्सेको भनाइ छ ।
हालको व्यवस्था अनुसार सेयर कारोबार सम्पन्न भएको ३ दिनभित्र हिसाब राफसाफ भइसक्नुपर्छ । तर, सिप्लाले राफसाफमा ढिलाइ गरेको पाइएपछि कारबाही गरिएको हो ।