सर्वोत्तम सिमेन्टको आइपीओमा पहिलो दिनमै मागभन्दा ३ गुणा धेरै आवेदन, कतिले भरे ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले प्राथमिक साधरण सेयर (आइपीओ)मा पहिलो दिनमै मागभन्दा ३ गुणा धेरै आवेदन परेको छ ।

कम्पनीले आजदेखि सर्वसाधरणलाई प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले २७ लाख ७६ हजार ७६ कित्ता सेयर बिक्रीमा ल्याएको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार आइतबार अपराह्न ५ बजेसम्म ८६ लाख ६० हजार ६४० कित्ताका लागि आवेदन परेको छ ।

कम्पनीको आइपीओमा १ लाख ५६ हजार २०७ जनाले ३ अर्ब १२ करोड रुपैयाँ बढीको आवेदन दिएको सीडीएसले जनाएको छ । कम्पनीको आइपीओमा फागुन १६ गतेसम्म आवेदन दिन पाइने छ ।

लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । बुक बिल्डिङ विधिबाट जारी भएको आइपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्छ । सो अनुसार प्रतिकित्ता ३६०.९० रुपैयाँ दरले ५० कित्ताका लागि आवेदन दिन १८ हजार ४५ रुपैयाँ आवश्यक पर्ने भएको हो ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आस्बा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयहरुका साथै मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ।

सेयर निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर त्रिपल बी’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमा नै वित्तीय दायित्व बहन गर्न क्षमता मध्यम स्तरको रहेको जनाउँदछ ।

कम्पनीको उद्योग नवलपरासीको सुनवल नगरपालिका–११, जोडेनीमा रहेको छ । उद्योगले २०७१ फागुन १ गतेदेखि सिमेन्ट तथा क्लिंकर उत्पादन गर्दै आइरहेको छ । सो उद्योगको उत्पादन क्षमता प्रतिदिन ३ हजार टन क्लिंकर र ३ हजार टन सिमेन्ट रहेको छ।

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता Read Previous

बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता

कीर्ते गरी झापाकाे ३० बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा, १७२ जनाविरुद्ध मुद्दा Read Next

कीर्ते गरी झापाकाे ३० बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा, १७२ जनाविरुद्ध मुद्दा