काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा शिवम् सिमेन्ट, साइन रेसुंगा डेभलपमेन्ट बैंक र नेपाल इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् । नेप्सेमा शिवम्को १४.२५ प्रतिशत अर्थात् ६२ लाख ७० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, साइन रेसुंगाको १०.५० प्रतिशत अर्थात् ४४ लाख ९८ हजार ७७.३७ कित्ता र नेपाल इन्स्योरेन्सको १० प्रतिशत अर्थात् १४ लाख ९४ हजार ७६६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।