थामिएन नेप्सेको पहिरो, परिसूचक २ हजार बिन्दु तल झर्‍यो

काठमाडौं । सेयर बजारको ओरालो यात्रा कायमै रहेको छ । फागुन ३ गतेदेखि ओरालो लागेको नेप्सेमा आज लगातार छैटौं दिन गिरावट आएको छ । पछिल्ला ६ दिनमा मात्रै नेप्से ९७ अंकले घटेको छ ।

आइतबार नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.०२ विन्दुमा आइपुगेको छ । नेप्से साढे दुई महिनापछि दुई हजारको बिन्दुभन्दा तल झरेको हो ।यसदिन ३१७ कम्पनीको ३ अर्ब ८ करोड रुपैयाँ बढीको ८५ लाख ४६ हजार ९३० कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक १.४० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.४२ प्रतिशतले घटेको छ ।

आज पनि सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट २५.०५ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज बोटलर्स नेपाल बालाजुको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज समाज लघुवित्त र मोलुङ हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

सहकारी पीडितको बारेमा संसदमा उठ्यो आवाज, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण Read Previous

सहकारी पीडितको बारेमा संसदमा उठ्यो आवाज, समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

संकटमा दुग्ध व्यवसाय : उद्योग बन्द, गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू Read Next

संकटमा दुग्ध व्यवसाय : उद्योग बन्द, गोदाममा थन्कियो ७५ करोडको दूध र घ्यू