नेप्सेमा लगातार पाँचौं दिन गिरावट, हिमालयन रिको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ दिनमा मात्रै नेप्से ७० अंकले घटेको छ ।

सूचकमा गिरावट आए पनि आज कारोबार रकम भने बढेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ९६ करोड बढेर ३ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

बिहीबार नेप्से परिसूचक २०.७६ अंकले घटेर २०५.८३ विन्दुमा आइपुगेको छ । यसदिन ३०९ कम्पनीको ९५ लाख १८ हजार ७५ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक १.८४ प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह १.९० प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८७ लाख रुपैयाँ बढीको २ लाख ३७ हजार ४३९ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा समाज लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

आज हिमालयन ऊर्जा कम्पनीका सेयरधनीले भने सर्वाधिक ७.६० प्रतिशत गुमाएका छन् ।

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्था Read Previous

राष्ट्र बैंकद्धारा बैंक तथा वित्तीय संस्थालाई ३ बुँदे निर्देशन जारी, यस्ता छन् नयाँ व्यवस्था

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, फागुन १३ देखि सडक बन्द नहुने Read Next

नारायणगढ-मुग्लिन सडकको भित्तो काट्ने काम अन्तिम चरणमा, फागुन १३ देखि सडक बन्द नहुने