नेप्से सूचक र कारोबार दुवै घट्यो, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार चौथो दिन गिरावट आएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ४ दिनमा मात्रै नेप्से ५० अंकले घटेको छ ।

बुधबार नेप्से परिसूचक ६.४६ अंकले घटेर २०२६.५९ विन्दुमा आइपुगेको छ । यसदिन ३१३ कम्पनीको २ अर्ब २४ करोड रुपैयाँ बढीको ६३ लाख ४१ हजार १७४ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूहको परिसूचक २.८४ प्रतिशतले बढेको छ ।

आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ११ करोड १२ लाख रुपैयाँ बढीको १ लाख ७३ हजार ५३७ कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त, बोटलर्स नेपाल (बालाजु), हिमालयन ऊर्जा र बोटलर्स नेपाल (तराई)कोसेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज पिपुल्स हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक ७.८४ प्रतिशत गुमाएका छन् ।

महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध Read Previous

महानगरले निःशुल्क उपचारका लागि संचालनमा ल्याएको अनलाइन प्रणालीमा ४१ अस्पताल आबद्ध

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा Read Next

लिपिङ खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा