काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश दिएकामध्ये १० कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । लाभांश घोषणा गरी साधरण सभाबाट पारित गरेकामध्ये हालसम्म १० कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेका अनुसार हालसम्म चिलिमे हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, स्वाबलम्वन लघुवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रीलरी, सांग्रिला डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, एभरेष्ट बैंक, एनआइसी एशिया बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले बोनस सेयर सूचीकृत गरेका हुन् ।
नेप्सेमा चिलिमे हाइड्रोपावरको १० प्रतिशत अर्थात् ७२ लाख ५८ हजार १८० कित्ता, सानिमा माइको पनि १० प्रतिशत अर्थात ३० लाख ८९ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, स्वाबलम्वन लघुवित्तको १२.३६ प्रतिशत अर्थात् १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको १० प्रतिशत (२४ लाख २९ हजार ५६६.६५ कित्ता), सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत (१६ लाख ३३ हजार ७९५.८६ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।
त्यस्तै, गरिमा विकास बैंकको ९.५ प्रतिशत (४९ लाख २८ हजार ३०२.७१ कित्ता), सानिमा बैंकको ९ प्रतिशत (१ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता), एनआइसी एशियाको २९ प्रतिशत (३ करोड ३५ लाख ३५ हजार ६१५.५६ कित्ता), एभरेष्ट बैंकको १० प्रतिशत (१ करोड ६ लाख ९८ हजार ९४.४४ कित्ता) र माछापुच्छ्रे बैंकको १३.३ प्रतिशत (१ करोड ३६ लाख ४२ हजार १७ कित्ता) बोनस सेयर सूचीकृत भएको हो ।