काठमाडौं । सेयर बजारमा लगातार तेस्रो दिन गिरावट आएको छ । गत बिहीबारदेखि लगातार ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ३ दिनमा मात्रै नेप्से ४३ अंकले घटेको छ ।
मंगलबार नेप्से परिसूचक १.७६ अंकले घटेर २०३३.०६ विन्दुमा आइपुगेको छ । यसदिन ३१४ कम्पनीको ३ अर्ब ११ करोड रुपैयाँ बढीको ९३ लाख ४२ हजार ४५६ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ८ को राताम्मे भएको छ । अन्य समूहको परिसूचक सर्वाधिक १.१ प्रतिशतले बढेको छ ।
आज पनि हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३१ करोड ७३ लाख रुपैयाँ बढीको ४ लाख ९३ हजार ९३ कित्ता सेयर किनबेच भएको छ ।
घट्दो बजारमा पनि आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र बोटलर्स नेपाल (बालाजु)को सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज ग्रीन लाइफ हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।