नेप्सेमा दोहोरो अंकको गिरावट, हिमालयन रिको सर्वाधिक कारोबार

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यसअघिका ४ दिनमा लगातार ३५ अंकले बढेको नेप्से आज १० अंकले घटेको हो ।

आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा आइपुगेको छ । यसदिन ३०५ कम्पनीको ४ अर्ब ८ करोड रुपैयाँ बढीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ३ समूहको परिसूचक बढेको छ भने १० को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशतले घटेको छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ६२ करोड ४७ लाख रुपैयाँको ८ लाख ८७ हजार १७० कित्ता सेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज २ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समाज लघुवित्त र कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग, केही स्थानीय भने विरोधमा Read Previous

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग, केही स्थानीय भने विरोधमा

लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न अर्थमन्त्रीको निर्देशन Read Next

लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न अर्थमन्त्रीको निर्देशन