साढे १० लाख सवारीसाधन कारबाहीमा, मोटरसाइकल चालकले मात्रै तिरे ३१ करोड जरिवाना

काठमाडौं । ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा देशभर १० लाख ५२ हजार ५५ विभिन्न सवारी साधनहरुलाई कारबाही गरेको छ ।

गत साउनदेखि पुस मसान्तसम्म गरिएको कारबाहीबाट रु ७९ करोड ७१ लाख ४४ हजार ८५२ राजस्व सङ्कलन गरेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

राजस्वमध्ये काठमाडौँ उपत्यकाबाट रु ३२ करोड ३३ लाख ७० हजार, कोशी प्रदेशबाट रु सात करोड ८७ लाख २ हजार ९४३, मधेशबाट रु १० करोड ५ लाख ५८ हजार ९०१, बागमतीबाट रु ७ करोड ८८ लाख ४० हजार, गण्डकीबाट रु ८ करोड १८ लाख ७६ हजार छ, लुम्बिनीबाट रु ९ करोड ३८ लाख ६४ हजार दुई, कर्णालीबाट रु १ करोड ५६ लाख ४५ हजार र सुदूरपश्चिम प्रदेशबाट रु २ करोड ४२ लाख ८८ हजार सङकलन भएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उनका अनुसार ट्रक/ट्याङकरबाट रु १५ करोड १९ लाख ९५ हजार ४००, बस/मिनिबसबाट रु ९ करोड २० लाख ५, कार/जिप/भ्यानबाट रु १८ करोड ९० लाख ७६ हजार ८०६, ट्याक्टरबाट रु दुई करोड ८८ लाख १६ हजार, मोटरसाइकलबाट रु ३१ करोड १७ लाख ३४ हजार ५४६ र टेम्पो तथा अन्यबाट रु २ करोड ५३ लाख २१ हजार ६०० राजश्व सङकलन भएको हो ।

राजश्व रकममध्ये सबै भन्दा बढी काठमाडौँ उपत्यकामा र सबै भन्दा कम कर्णाली प्रदेशमा रहेको केन्द्रीय प्रहरी कार्यालयलको तथ्याङ्कमा उल्लेख छ । मादकपदार्थ सेवन गरेर तथा तीव्र गतीमा सवारी चलाउने, लेन अनुशासन कायम नराख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावी पार्किङ गर्ने, तोकिएको भन्दा बढी भाडा लिने, आवश्यक कागजात तथा सवारी चालक अनुमति पत्र नभएकालगायतमा कारबाही गरेबापत उक्त रकम राजश्व सङकलन गरिएको प्रनाम ढकालले जानकारी दिए।

उक्त अवधिमा कारबाहीमा परेका १० लाख ५२ हजार ५५ सवारी साधनमध्ये ट्रक/ट्याङकर एक लाख ७० हजार ८४२ वटा, बस/मिनिबस एक लाख ९ हजार ३७७, कार/जिप/भ्यान दुई लाख ६१ हजार ६३६, ट्याक्टर ४१ हजार ६४१, मोटरसाइकल ४ लाख ३२ हजार ९८ र टेम्पो तथा अन्य ३६ हजार ४६१ वटा रहेका छन् । कारबाहीमा परेका सवारी साधनमध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको प्रहरी प्रधान कार्यालय नक्सालको तथ्याङकले देखाएको छ ।

ट्रयाक खोलेको २९ वर्षपछि बेंसीसहर-चामे सडक ७ किमी कालोपत्र Read Previous

ट्रयाक खोलेको २९ वर्षपछि बेंसीसहर-चामे सडक ७ किमी कालोपत्र

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग, केही स्थानीय भने विरोधमा Read Next

पाथीभरामा केबलकार निर्माण गर्न जनप्रतिनिधिको माग, केही स्थानीय भने विरोधमा