
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा थप तीन कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।
नेप्सेमा स्वाबलम्वन लघसवित्त वित्तीय संस्था, हिमालयन डिस्ट्रीलरी र सांग्रिला डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको हो ।
तीनै कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत गरेका हुन् ।
नेप्सेमा स्वाबलम्वन लघुवित्तको १२.३६ प्रतिशत अर्थात् १५ लाख ९५ हजार ४५ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
त्यसैगरी, हिमालयन डिस्ट्रीलरीको १० प्रतिशत अर्थात् २४ लाख २९ हजार ५६६.६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
त्यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकको ५ प्रतिशत अर्थात् १६ लाख ३३ हजार ७९५.८६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत तीनै कम्पनीको बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।