विश्व बैंकको आइडी सम्मेलन नेपालमा हुने, ९२ बढी देशका प्रतिनिधि आउने

काठमाडौं । विश्व बैंकको सहुलियतदरमा ऋण दिने संस्थाले आइडेन्टिफिकेसन फर डेभलपमेन्ट (आइडी)’ सम्मेलन नेपालमा हुने भएको छ । बिहीबार बसेको लगानी सम्मेलनको निर्देशक समितिको तेस्रो बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो जानकारी दिएका हुन् ।

उनले नेपालमा आइडी सम्मेलन गर्न विश्व बैंक तयार रहेको बताए । उनका अनुसार आगामी जुन महिनामा उक्त सम्मेलन हुन लागेको हो ।

‘औपचारिकपत्र केही दिनमा आउँदैछ । अहिलेसम्म सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुनेछ । विश्व बैंकका अध्यक्षलगायत ९२ भन्दा बढी देशका प्रतिनिधिको सम्मेलनमा सहभागी रहनेछ,’ अर्थमन्त्री महतले भने ।

तेस्रो लगानी सम्मेलन आगामी वैशाख १६ र १७ गते (अप्रिल २८-२९ तारिख) काठमाडौंमा हुँदैछ । उनले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताबाट चासो आइरहेको बताउँदै गम्भीरताका साथ परियोजनाको तयारी गर्न निर्देशन समेत दिए ।

अर्थमन्त्री डा महतले लगानी सहजीकरण, परियोजना कार्यान्वयन र सञ्चालन तथा नाफा फिर्ता लैजान सरल व्यवस्था गरी नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने सन्देश दिनका लागि लगानी सम्मेलन आयोजना गरिएको बताए ।

लगानी सम्मेलनको निर्देशक समितिका संयोजकसमेत रहेका अर्थमन्त्री डा महतको संयोजकत्वमा सम्पन्न सो बैठकमा लगानी सम्मेलनलाई लक्षित गरी तयार भएको नीति, कानुन तथा संरचनागत सुधारसम्बन्धी प्रतिवेदन तथा परियोजनाका सम्बन्धमा छलफल भएको थियो ।

 

बजेट अभावमा सुस्तायो सूर्यविनायक-धुलिखेल सडक विस्तार, मन्त्रालय धाउँदै हैरान  Read Previous

बजेट अभावमा सुस्तायो सूर्यविनायक-धुलिखेल सडक विस्तार, मन्त्रालय धाउँदै हैरान 

भारतमा नक्कली नोट छापेर नेपालमा कारोबार, गिरोहका नाइकेसहित ५ जना पक्राउ Read Next

भारतमा नक्कली नोट छापेर नेपालमा कारोबार, गिरोहका नाइकेसहित ५ जना पक्राउ