काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले फागुन १८ गते १६ औं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा होटल क्लासिक सिमरा, बारामा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको ७.७५ प्रतिशत बोनस सेयर र करसहित ०.४०७८ प्रतिशत नगद गरी कुल ८.१५७८ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि फागुन ८ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार फागुन ७ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।