लहानका किसानले पलाए रङ्गीन काउली, हेर्न आउनेको घुइँचो, भाउ किलोकै २०० रुपैयाँ

सिरहाको लहान नगरपालिका–२४ माणिक दह झुटकी गाउँका किसान रतन साहले उत्पादन गरेको गुलाबी रङ्गको आकर्षक काउली ।

सिरहा । सिरहाको लहान नगरपालिका—२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन् ।

उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

उनले भने, ‘सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।’

उनले एक किलोसम्मको काउली फलाएका छन् । ‘यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पुर्याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,’ किसान साहले भने, ‘आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।’

उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो २०० रुपैयाँ दरले बिक्री गरे। खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । रासस

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै Read Previous

मेघौली विमानस्थलको धावनमार्ग स्तरोन्नति गरिँदै

हामीसँग पूँजी छ, तर खर्च गर्न समस्या भएको छ : अर्थमन्त्री Read Next

हामीसँग पूँजी छ, तर खर्च गर्न समस्या भएको छ : अर्थमन्त्री