नेप्से सूचकसँगै बढ्यो कारोबार, हिमालयन रिको सर्वाधिक किनबेच

काठमाडौं । सेयर बजारमा लगातार दोस्रो दिन वृद्धि भएको छ । सोमबार १४ अंकले बढेको नेप्से आज ९ अंकले बढेको हो ।

सूचकसँगै कारोबार रकममा पनि झिनो सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १० करोडले बढेर २ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ ।

मंगलबार नेप्से परिसूचक ९.४४ अंकले बढेर २०८५.७१ विन्दुमा पुगेको छ । यसदिन ३१५ कम्पनीको ७६ लाख २४ हजार ३७६ कित्ता सेयर बिनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये अन्य र व्यापार बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । उत्पादनमूलक समूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशतले बढेको छ ।

आज पनि हिमालयन रि-इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको ३३ करोड ७६ लाख रुपैयाँको ४ लाख ८१ हजार ३८५ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज समाज लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत कमाएका छन् ।

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन Read Previous

परिणाम देखिने गरी काम गर्न कर्मचारीलाई अर्थमन्त्रीको निर्देशन

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी Read Next

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी