अपर तामाकोशीको लिलामी सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुने

काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावरको लिलामी सेयर नपाउनेको पैसा आजदेखि फिर्ता हुने भएको छ ।

तीन सातादेखि होल्डमा रहेको पैसा आजदेखि सम्बन्धित आवेदकको खातामा फिर्ता गरिने बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ ।

कोषका अनुसार कम्पनीको लिलामी सेयरको कट अफ मूल्य प्रतिकित्ता १४७ रुपैयाँ निर्धारण भएको छ । सोभन्दा बढी मूल्यमा आवेदन दिनेले सेयर पाएका छन् भने कम मूल्यमा आवेदन दिनेको आजदेखि पैसा फिर्ता हुने छ ।

तामाकोशीको लिलामी सेयरमा ३० हजारभन्दा बढीले आवेदन दिएका थिए । जसबापत करिब १४ अर्ब रुपैयाँ जम्मा भएको थियो । सोमध्ये सेयर पाउनेको करिब साढे २ अर्ब फिर्ता गर्नुपर्दैन भने बाँकी रकम फिर्ता गर्नुपर्ने छ ।

लक्ष्मी सनराइज बैंकमा खाता हुनेले आजै र अन्य बैंकमा खाता हुनेहरुको १/२ दिनभित्रै रकम फिर्ता भइसक्ने कोषले जनाएको छ ।

अपर तामाकोशीले गत भदौ १८ देखि असोज २२ गतेसम्म १०० प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । सोमध्ये अवितररित १ करोड ७० लाख १९ हजार ५३० कित्ता सेयर पुस १३ गतेदेखि २९ गतेसम्म लिलामीमा ल्याएको थियो ।

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब Read Previous

सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफामा छलाङ, रिटेन्ड अर्निङमा झन्डै डेढ अर्ब

आजदेखि संसद्को अधिवेशन सुरू हुँदै, विद्युतीय व्यापार विधेयक टेबुल गरिने Read Next

आजदेखि संसद्को अधिवेशन सुरू हुँदै, विद्युतीय व्यापार विधेयक टेबुल गरिने