इन्भेष्टमेन्ट मेगा बैंकका सेयरधनीको पनि हात खाली, लाभांश नदिने

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

बैंक संचालक समितिको माघ १९ गते बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो।

यस्तै, बैठकले गत आवको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ । अब राष्ट्र बैंकको स्वीकृतिपछि बैंकले साधरण सभा बोलाउने छ ।

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग, २५ लाखसम्म पाइने Read Previous

स्टार्टअप कर्जाका लागि प्रस्ताव माग, २५ लाखसम्म पाइने

६ महिनामा झन्डै १३ हजार सवारी दुर्घटना, ११३७ जनाको मृत्यु Read Next

६ महिनामा झन्डै १३ हजार सवारी दुर्घटना, ११३७ जनाको मृत्यु