भारतले नेपाललाई दिने अनुदान झन्डै साढे २ अर्ब बढायो

काठमाडौं । भारत सरकारले नेपाललाई दिने अनुदान रकम करिब साढे २ अर्ब रुपैयाँ बढाएको छ ।

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बिहीबार सार्वजनिक गरेको आव २०२४/२५ को बजेटमार्फत नेपाललाई दिइने अनुदान बढाएकी हुन् ।

उनले आव २०२४/२५ का लागि नेपाललाई अनुदान दिन ७ अर्ब भारु (११ अर्ब २० करोड रुपैयाँ) विनियोजन गरेकी छिन् । चालु आव २०२३/२४ मा भारतले नेपाललाई अनुदानका लागि ५ अर्ब ५० करोड भारु (८ अर्ब ८० करोड) विनियोजन गरेको थियो ।

भारतले बजेटमा छिमेकी देशहरू नेपालसहित भुटान, बंगलादेश, अफगानिस्तान, श्रीलंका, मंगोलिया, मौरिसस, म्यानमार लगायत मुलुकलाई बजेटमै अनुदान तथा सहुलियत ऋणबापत दिने रकम छुट्याउँदै आएको छ ।

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, दैनिक ५० जनाले काम गर्दै Read Previous

खुला मञ्चलाई प्राकृतिक दुबोसहितको घाँसे चउर बनाइँदै, दैनिक ५० जनाले काम गर्दै

युरोप पठाइदिन्छु भन्दै ६०० बढीलाई ठग्ने पक्राउ Read Next

युरोप पठाइदिन्छु भन्दै ६०० बढीलाई ठग्ने पक्राउ