काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।
कम्पनीले फागुन ६ गते वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा अनमोल ब्यांकेट, शंखमूल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको १०.२६१२ प्रतिशत बोनस सेयर र करसहित ०.५४०१ प्रतिशत नगद गरी कुल १०.८०१ प्रतिशत लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि माघ २२ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार माघ २१ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।