रिलायबल लाइफको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश र साधरण सभा प्रयोजनार्थ भोलि (माघ १५ गते) बुक क्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद गरी कुल १६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले माघ २९ गते सातौं वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरू हुनेछ ।

 

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भर्ने आज अन्तिम दिन

वैदेशिक व्यापार घट्दा पनि भन्सार राजस्व २२ अर्ब बढ्यो, पेट्रोलियम पद्धार्थबाट धेरै Read Next

वैदेशिक व्यापार घट्दा पनि भन्सार राजस्व २२ अर्ब बढ्यो, पेट्रोलियम पद्धार्थबाट धेरै