आजदेखि धरहरामा निःशुल्क पार्किङ

काठमाडौं । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा आजदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।

काठमाडौँ महानगरपालिकाले न्युरोडमा कालोपत्र सडकमाथि सवारी पार्किङ् निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले सर्वसाधरणलाई सजज पाकिङ सेवा उपलब्ध गराउन काठमाडौं टावरपछि धराहरमा पनि निःशुल्क पार्किङको व्यवस्था मिलाइएको बताए ।

‘यसअघि काठमाडौँ टावर (साबिक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा आइतबारदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौँ ।’

पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा बायाँपट्टि काठमाडौँ मलबाट खिचापोखरीतर्फ लाग्ने सडकबाट पार्किङ गर्ने ठाउँमा पुगिन्छ ।

गएको दशैँदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।

संरचनागत रुपमा यो ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरामा तीन तले अन्डरग्राउन्ड पार्किङ बनाइएको छ । त्यहाँ एक पटकमा ३४७ वटा चारपांग्रे र ७०० बढी मोटरसाइकल पार्किङ क्षमता छ ।

बर्दघाटमा नमूना औद्योगिक ग्राम निर्माण सुरू Read Previous

बर्दघाटमा नमूना औद्योगिक ग्राम निर्माण सुरू

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भर्ने आज अन्तिम दिन Read Next

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ भर्ने आज अन्तिम दिन