काठमाडौं । सेयर बजारमा लगातार सातौं दिन गिरावट आएको छ । गत बुधबारदेखि ओरालो लागेको नेप्से आज पनि सोही लय कायम राखेको हो । ७ दिनमा नेप्से ९२ अंकले घटेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २३ करोडले घटेर ३ अर्ब ७६ करोड रुपैयाँमा सीमित भएको छ ।
बिहीबार नेप्से परिसूचक ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा आइपुगेको छ । यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर किनबेच भएको छ ।
कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचक बढेको छ भने ७ को परिसूचक घटेको छ । होटल समूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशतले घटेको छ ।
आज पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ६७ लाख रुपैयाँको ४ लाख ३९ हजार ८५९ कित्ता सेयर किनबेच भएको छ ।
दोहोरो अंकले घटेको बजारमा पनि सामलिङ पावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।