अब भिजिट भिसामा विदेश जानेले स्वःघोषणा गर्नुपर्ने, यी ६ कागजात चाहिने

काठमाडौं । सरकारले भिजिट तथा पर्यटक भिसामा विदेश जाने व्यवस्थामा परिवर्तन गरेको छ । अध्यागमन विभागले भिजिट भिसामा यात्रा गर्दा सहजीकरण गर्न तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले २०७८ फागुन २६ गते जारी गरेको निर्णय खारेज गर्दै नयाँ कार्यविधि जारी गरेको हो ।

विभागले नयाँ कार्यविधि जारी गर्दै भिजिट भिसामा विदेश जाने प्रक्रिया थप व्यवस्थित, खुकुलो र सहज बनाएको हो । नयाँ व्यवस्था अनुसार अब भिजिट भिसामा विदेश जानेले तोकिएकै समयमै स्वदेश फर्किन्छु भनेर स्वःघोषणा गर्नुपर्ने छ । यसअघि भिजिट भिसामा गएकाहरु उतै लुकेर बस्न थालेपछि विभागले विदेश जानेले अनिवार्य फर्किन्छु भनेर स्वःघोषणा गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

‘भिजिट भिसामा गएका नेपालीहरू उल्लेखित मितिमा फर्केने गरेको नपाइएकाले असामान्य परिस्थितिबाहेक अन्य अवस्थामा तोकिएको मितिभित्र स्वदेश फर्कनु होला,’ विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘अन्यथा यसबाट सिर्जना हुने अवस्थाका सम्बन्धमा व्यक्ति स्वयं जिम्मेवार हुने हुनाले समयमै स्वदेश फर्कनेछु भनी स्वस्घोषणा गरेर मात्र प्रस्थान गर्नुहुन अनुरोध गरिन्छ।’

भोलि (माघ १० गते)देखि लागू हुने नयाँ व्यवस्था अनुसार अब विदेश जाँदा अनिवार्य रुपमा ६ थरी कागजात पुर्याउनुपर्नेछ । भिजिट भिसामा जान चाहनेले कम्तीम ६ महिना वैध अवधि भएको राहदानी आवश्यक पर्नेछ । सम्बन्धित देशको भिसा चाहिने र अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा नचाहिने विभागले जनाएको छ ।

त्यसैगरी, भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य गरिएको छ । भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्नेछ ।

भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट/क्रेडिट कार्ड) पनि अनिवार्य गरिएको छ ।

आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुने Read Previous

आगामी आवको बजेट अधुरा आयोजना सम्पन्न गर्नेमा केन्द्रित हुने

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ कति ? Read Next

रिलायन्स स्पिनिङ मिल्सको आइपीओ खुल्यो, प्रतिकित्ता भाउ कति ?