महानगरले न्युरोड क्षेत्रबाट उठायो पार्किङ गरिएका सवारीसाधन, यो ठाउँमा निःशुल्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा सवारीसधान पार्किङमा रोक लगाएको छ ।

महानगर प्रहरीले न्युरोड क्षेत्रको कालोपत्र सडक क्षेत्रमा पार्किङ रोक लगाएको हो । मंगलबार बिहानदेखि नै प्रहरीले न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन समेत हटाएका थिए ।

यस्तै, महानगर प्रहरीले न्यूरोड क्षेत्रको सडकमा ‘नो पार्किङ’ लेखिएको बोर्डहरु राखेको छ । साथै, सो क्षेत्रको सडक सरसफाइ समेत गरेको छ ।

महानगरले न्युरोडको पार्किङको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराइएको छ ।महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा ३०० वटा चारपाङ्ग्रे र ७०० वटा दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिने जानकारी दिए ।

उनले धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिएको बताए । यसअघि झोँछे क्षेत्रमा सवारी पार्किङ निषेध कार्यान्वयन गरिसकिएको छ ।

भायानेटले ल्यायो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना Read Previous

भायानेटले ल्यायो ‘बाइ वान गिफ्ट वान फ्री’ योजना

बैंकिङ प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक Read Next

बैंकिङ प्रणालीबाट थप ३० अर्ब तान्दै राष्ट्र बैंक