मेरो खातामा पैसा आएकै छैन, जबरजस्ती सहकारी ठग बनाउन खोजियो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो खातामा सहकारीको कुनै पैसा जम्मा नभएको बताएका छन् । सोमबार पत्रकार सम्मलेनमा आज कान्तिपुर दैनिकमा प्रकाशित समाचारको खण्डन गर्दै उनले यस्तो बताएका हुन् ।

आज कान्तिपुरले लामिछानेको खातामा सहकारीको १ करोड ८० लाख रुपैयाँ जम्मा गरिएको भन्ने समाचार लेखेको थियो । उनले सो बारे स्ष्पष्ट पार्दै आफ्नो खातामा कुनै रकम जम्मा नभएको तर प्रमाण बिनै समाचार लेखेको बताए ।

‘बैंकले नै पत्र दिएको छ, मेरो खातामा चेक जम्मा भएको हो । तर, पैसा नभएर जम्मा नभएको भन्ने बैंकले स्पष्ट पारेको छ,’ उनले भने ।

तत्कालीन कम्पनीको सेयर मिलान गर्न व्यवस्थापनले आफ्नो नाममा पैसा जम्मा गर्न चेक बैंकलाई दिएको भए पनि खातामा पैसा नआएको लामिछानेले बताए । ‘मेरो खातामा चेक जम्मा गर्न भौचर भरियो । तर, त्यो चेक मेरो खातामा जम्मा भएन फिर्ता गयो,’ उनले भने ।

उनले आफ्नो बैंकखाता समेत जुानसुकै निकायले हेर्न सक्ने बताए । ‘कुनै पनि निकायले मेरो बैंक खाता हेरे हुन्छ । सम्पत्ति शुद्धीकरण, प्रहरीले हेर्न मिल्छ । यो रकम आएको भए म जुनसुकै सजाय भोग्न तयार छु,’ उनले भने ।

उनले कान्तिपुरले तथ्य प्रमाण बिनै जबरजस्ती सहकारी ठग भनी स्थापित गर्न खोजेको उनले बताए ।

ऋणको दायित्वले थिचिँदै सरकार, पूँजीगत खर्चभन्दा ऋण तिर्न दोब्बर खर्च Read Previous

ऋणको दायित्वले थिचिँदै सरकार, पूँजीगत खर्चभन्दा ऋण तिर्न दोब्बर खर्च

आजदेखि न्युरोडकाे कालोपत्र सडकमा पार्किङ निषेध Read Next

आजदेखि न्युरोडकाे कालोपत्र सडकमा पार्किङ निषेध