आयोग उपाध्यक्ष श्रेष्ठ र विश्व बैंकका कन्ट्री डाइरेक्टर बीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंका हेर्ने कन्ट्री डाइरेक्टर फेरिस हदाद जेर्वोसले भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबार स्थित आयोगको कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग कन्ट्री डाइरेक्टर हदादले भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा विश्व बैंकको कन्ट्री पार्टनरसीप फ्रेमवर्क (सीपीएफ) र नेपालको १६औँ विकास योजनाबीच कसरी तादम्यता मिलाउने भन्ने विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले अब बन्ने १६औँ योजना पूर्वाधार, सामाजिक क्षेत्र लगायत खासगरी उत्पादन र राजगारीमा केन्द्रीत हुने बताए ।

उपाध्यक्ष श्रेष्ठले विकास लागि भएका संरचनात्मक समस्याहरू पहिचान गरी समाधान गर्न १६औँ योजनाले विशेष ध्यान दिने बताए । विश्व बैंक लगायतका विकास साझेदारहरूले नेपालका लागि गरेको सहयोगका लागि उपाध्यक्ष श्रेष्ठले धन्यवाद समेत दिए ।

१४ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी, आइपुग्यो ६ लाख मात्रै कार्ड Read Previous

१४ लाख स्मार्ट लाइसेन्स छाप्न बाँकी, आइपुग्यो ६ लाख मात्रै कार्ड

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन, फागुन १५ भित्रै संसद्मा पेश गर्ने बाटो खुल्यो Read Next

अध्यादेशमार्फत बजेट क्यालेन्डर संशोधन, फागुन १५ भित्रै संसद्मा पेश गर्ने बाटो खुल्यो