त्रिभुवन विमानस्थलको भन्सारमा सशस्त्र प्रहरी परिचालन

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।

विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेले जानकारी दिए ।

‘अर्थ मन्त्रीस्तरीय निर्णयबाट अनुरोध भएको र उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट निर्णय भई विमानस्थलको भन्सार जाँच गर्न दैनिकरूपमा पाँच सिफ्टमा अहिले ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको छ,’ उनले भने ।

विमानस्थलको सुरक्षामा सुधार गर्ने, प्रभावकारी सेवा प्रवाह गर्ने उद्देश्यले सशस्त्र प्रहरीको प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशनमा भन्सार क्षेत्रमा जाँच गर्न सुरु गरिएको प्रमुख भन्सार प्रशासक डा पाण्डेले बताए ।

काठमाडौं महानगरकाे राजस्व संकलन ३५ करोड बढ्यो, ६ महिनामा उठायो झण्डै ५ अर्ब Read Previous

काठमाडौं महानगरकाे राजस्व संकलन ३५ करोड बढ्यो, ६ महिनामा उठायो झण्डै ५ अर्ब

भिजिट भिसामा विदेश जानेलाई विमानस्थलमा सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन Read Next

भिजिट भिसामा विदेश जानेलाई विमानस्थलमा सास्ती नदिन प्रधानमन्त्रीको निर्देशन