बैंकबाट ऋण लिएर धमाधम सेयर किन्दै लगानीकर्ता, १ करोड बढी लिने धेरै

काठमाडौं । सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर धमाधम सेयर किन्न थालेका छन् । सेयर धितो कर्जामा राष्ट्र बैंकको लचकता र ब्याजदर घट्दो क्रममा रहेपछि लगानीकर्ताले बैंकबाट ऋण लिएर सेयर किन्न थालेका हुन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ५ महिना (साउन–मंसिर)मा सेयर धितो कर्जा लगानी ६.४ प्रतिशतले बढेको छ । गत असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कुल ७६ अर्ब ३० रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेकोमा मंसिर मसान्त आइपुग्दा झन्डै ५ अर्बले बढेर ८१ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । जबकि, राष्ट्र बैंकले कडाइ गर्दा अघिल्ला २ वर्षमै सेयरधितो कर्जा ३० अर्ब रुपैयाँले घटेको थियो ।

चालु वर्षमा औसतमा मासिक १ अर्ब रुपैयाँ सेयर धितो कर्जा प्रवाह भइरहेको हो । चालु आवको ५ महिनामा बैंक तथा वित्तीय संस्थाले ४ अर्ब ८९ करोड मार्जिन प्रकृतिको सेयर धितो कर्जा लगानी गरेका हुन् ।

राष्ट्र बैंकका अनुसार साउनमा १० करोड, भदौमा १ अर्ब २७ करोड, असोजमा ३ अर्ब ३२ करोड, कात्तिकमा १७ करोड र मंसिरमा ३ करोड रुपैयाँ सेयर धितो कर्जा लगानी भएको छ ।

यस अवधिमा १ करोड बढीको ऋण ७ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार असार मसान्तसम्म १ करोड बढीको कुल सेयर कर्जा ४४ अर्ब ७१ करोड रहेकोमा मंसिर आइपुग्दा बढेर ४७ अर्ब ८४ करोड पुगेको छ ।

त्यस्तै, यस अवधिमा ५० लाखदेखि १ करोड रुपैयाँसम्मको ऋण लगानी भने जम्मा ७ करोड १० करोड रुपैयाँ मात्र भएको छ । त्यस्तै, २५ देखि ५० लाख रुपैयाँसम्मको कर्जा लगानी ९.६ प्रतिशतले बढेको छ । असारसम्म यस्तो कर्जा १२ अर्ब ७८ करोड कर्जा लगानी भएकोमा मंसिर आइपुग्दा १ अर्ब २३ करोड बढेर १४ अर्ब १ करोड पुगेको छ ।

पछिल्लो समय नेपाल राष्ट्र बैंकको अपनाएको नीतिगत लचकता, घट्दो ब्याजदर, अधिक तरलता, अर्थतन्त्रका सूचकमा देखिएको सुधार लयागत कारणले सेयर धितो कर्जा लगानी बढेको हो ।

त्यस्तै, सेयर बजार अहिले पछिल्लो २७ महिना यताकै न्यून विन्दुमा आइपुगेको छ । अहिले सेयर बजारलाई प्रभाव पार्ने अधिकांश सूचकहरु सकारात्मह रहेकाले आगामी दिनमा बजारले लय समात्ने आशामा लगानीकर्ताले ऋण लिएर सेयर किन्न थालेको देखिन्छ ।

राष्ट्र बैंकले चालु आवदेखि सेयर धितो कर्जामा लगाएको नीतिगत अंकूश हटाउँदै लगेको छ । जसको प्रभाव बैंकको मार्जिन प्रकृतिको कर्जा प्रवाहमा देखिन थालेको हो । राष्ट्र बैंकले आव २०७८/७९ को मौद्रिक नीति मार्फत ४/१२ करोड रुपैयाँको सीमा लगाएको थियो । त्यसको व्यापक आलोचना भएपछि २०७९/८० को मौद्रिक नीतिबाट ४ करोडको सीमा हटाएर एउटै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँसम्म ऋण लिन सक्ने व्यवस्था गरेको हाल बढाएर एक व्यक्तिले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोड ऋण लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । मौद्रिक नीति मार्फत २५ लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार शतप्रतिशत कायम गरेकोमा त्यसको सीमा बढाएर ५० लाख रुपैयाँ कायम गरिएको छ । त्यस्तै, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले ५० लाख बढीको सेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

अहिले बैंकिङ प्रणालीम अधिक तरलता छ । बैंकहरूसँग झन्डै साढे ५ खर्ब लगानी योग्य रकम छ । कर्जाको माग नभएपछि बैंकहरूले ब्याजदर घटाउन थालेको छन् । अधिकांश बैंकले कात्तिकदेखि नै ब्याजदर घटाएका छन् । यसले सेयर बजारमा सकारात्मक प्रभाव परेको छ । पछिल्लो एक महिनामा मात्रै नेप्से परिसूचक ३५० बढी अंकले बढीसकेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने Read Previous

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने

जग्गाधनी पुर्जाका लागि कैलालीमा १ लाख ३० हजार बढीले दिए निवेदन Read Next

जग्गाधनी पुर्जाका लागि कैलालीमा १ लाख ३० हजार बढीले दिए निवेदन