काठमाडौं । घोराही सिमेन्ट्स इन्डष्ट्रीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको १५ प्रतिशत लाभांश पारित गरेको छ ।
शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले १५ प्रतिशत बोनस सेयर लाभांश पारित गरेको हो ।
त्यस्तै, साधरण सभाले कम्पनीको संचालक समिति सदस्यमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरेको छ ।
अध्यक्ष पुरुषोत्तम लाल संघईले प्रतिकुलताका बाबजुद आर्थिक वर्ष २०७९/८० मा कम्पनीले ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको जानकारी दिए । उनले आर्थिक २०८०/८१ को मंसिर महिनासम्म १ अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्री गर्न सफल भएको बताए ।
हाल चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रूपैयाँ रहेको कम्पनीको बोनस सेयर वितरणपछि ४ अर्ब ५६ करोड रूपैयाँ पुगेकाे छ ।