सिटिजन लाइफको सेयर मूल्य समायोजन, नयाँ मूल्य कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सले लाभांश प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

कम्पनीले गत आव २०७९/८० को नाफाबाट वितरण गर्ने ५ प्रतिशत बोनस सेयरका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गरेको हो । नेप्सेका अनुसार समायोजनपछि सिटिजनको नयाँ सेयर मूल्य ४७१.८१ रुपैयाँ कायम भएको छ ।

अब यही समायोजित मूल्यका आधारमा सोमबार दोस्रो बजारमा कम्पनीको सेयर कारोबार खुल्नेछ।

झापामा मात्रै सहकारीको ७० अर्ब पूँजी परिचालन, ४५ प्रतिशत जनसंख्या आबद्ध Read Previous

झापामा मात्रै सहकारीको ७० अर्ब पूँजी परिचालन, ४५ प्रतिशत जनसंख्या आबद्ध

गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने Read Next

गौतम बुद्ध क्रिकेट रंगशाला तीन तहको संयुक्त लगानीमा बनाइने