नेप्सेमा झिनो गिरावट, यी ८ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा झिनो गिरावट आएको छ । सोमबारदेखि लगातार उकालो लागेर ६७ अंकले बढेको नेप्से आज १ अंकभन्दा कमले घटेको हो ।

सूचकमा झिनो अंकले घटे पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८३ करोडले घटेर ४ अर्ब ३० करोड रुपैयाँमा सीमित भएको छ ।

बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा आइपुगेको छ । आज ३०७ कम्पनीको २ करोड २१ लाख ३२
हजार ७६८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ९ को घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सबैभन्दा धेरै १.५६ प्रतिशतले बढेको छ भने जीवन बीमा समूह १.०४ प्रतिशतले घटेको छ ।

आज हिमालयन बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको पौने २४ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर साढे १९ करोड र सोनापुर मिनरल्स साढे १६ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले घटेको बजारमा आज ८ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रोपावर, त्रिशूली जलविद्युत्, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।

त्यस्तै, हिमालयन रिइन्स्योरेन्स र मेगा म्युचुअल फण्ड १ का सेयरधनीले पनि १० प्रतिशत कमाएका छन् ।

काठमाडौंका ३ ठाउँमा 'एएनपीआर' क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने Read Previous

काठमाडौंका ३ ठाउँमा 'एएनपीआर' क्यामेरा जडान, दुर्घटना गराएर भागे पनि तुरुन्तै फोटो पठाउने

झापामा मात्रै सहकारीको ७० अर्ब पूँजी परिचालन, ४५ प्रतिशत जनसंख्या आबद्ध Read Next

झापामा मात्रै सहकारीको ७० अर्ब पूँजी परिचालन, ४५ प्रतिशत जनसंख्या आबद्ध