नेप्सेको सिस्टम ३ दिन बन्द हुने, यस्तो छ कारण

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को कारोबार प्रणाली (सिस्टम) ३ दिनसम्म बन्द हुने भएको छ ।

नेप्सेका अनुसार विद्युत् मर्मत तथा सम्भार सम्बन्धी कार्यका लागि पुस २६ गते (साँझ ५ बजे)देखि पुस २८ गते (राति ११ बजेसम्म) बन्द हुने भएको हो ।

यद्यपि, नेप्सेको सिष्टम ३ दिन बन्द हुने भए पनि लगानीकर्ता भने खासै प्रभावित हुने छैनन् । बिहीबार कारोबार सकिएपछि बन्द हुने र आइतबार कारोबार समय अगावै सिस्टम खुल्ने भएकाले ठूलो असर नपर्ने देखिन्छ ।

विद्युतीय प्रणाली अद्यावधिक गर्न सिष्टम बन्द गर्नु परेकोमा नेप्सेले क्षमा समेत मागेको हो ।

चुनावी वर्ष बन्दै सन् २०२४, विश्व शक्ति अमेरिकासहित ५० बढी देशमा निर्वाचन हुँदै Read Previous

चुनावी वर्ष बन्दै सन् २०२४, विश्व शक्ति अमेरिकासहित ५० बढी देशमा निर्वाचन हुँदै

रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो Read Next

रेलमार्गमा छलाङ मार्दै चीन, उच्च गतिको रेलवे ४५ हजार किलोमिटर पुग्यो